माघ २३, २०७८ आइतबार

स्वर कोकिलाका रूपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भएको छ ।

उनलाई यसै वर्ष जनवरी महिनाको सुरुवातमा कोभिड संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । स्थितिमा सुधार नभएपछि उनी हप्तौँसम्म आइसीयूमा भर्ना थिइन् । 


भारतका केन्द्रीय मन्त्री नितिन गडकरीले ट्वीट गर्दै लेखेका छन्, ‘देशको शान र संगीत जगतकी शिरमोर स्वर कोकिला भारत रत्न लता मंगेशकरजीको निधन असाध्यै दुःखद हो । पुण्यात्माको मेरी भावपूर्ण श्रद्धाञ्जलि । उनको निधन देशका लागि अपूरणीय क्षति हो । उनी सबै सङ्गीत साधकका लागि सदैव प्रेरणा थिइन् । ’


लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ ।