सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।
प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनरअप र रोशा फुयाल फस्ट रनरअप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।