बविना भट्टराईको स्वर रहेको ‘सरस्वती वन्दना’ को भिडियो सार्वजनिक भएकाे छ वसन्त पञ्चमीको शुभ अवसरमा क्रिएटिभ स्मार्ट पाठशालाले ‘सरस्वती वन्दना’ भजनको सार्वजनिक गरेको हाे । एलपी शर्मा भेट्वालको शब्द, बविना भट्टराई कै सङ्गीत रहेको ‘सरस्वती वन्दना’को भिडियो सार्वजनिक गरिएको हो ।
प्रदिप श्रेष्ठको कोरियोग्राफी र सुशिल क्षेत्रीको निर्देशन रहेको भिडियोमा विद्याकी देवी सरस्वतीका १५ ओटै रुपहरू भारती, सरस्वती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कुमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, भुवनेश्वरी, मुकुटधारी, विणाधारीको वर्णन गरिएको छ ।
देवी सरस्वती प्रति भक्तिभाव राख्ने स्रोता दर्शकलाई आनन्दानुभूति गराउने भिडियोमा बविना भट्टराई, सोफिया भेटवाल लगायतका कलाकारको अभिनय छ भने क्यामरा सरोज रञ्जित, सम्पादन राजन महर्जनले गरेका छन् ।