विवादित गजल ‘न बिर्सै तिमीलाई’ को नयाँ भर्सन गजलका गजलकार विपिन किरण लगायत टिमलाई गायिका अन्जु पन्तले धन्यवाद् दिएकी छन् । सामािजक सन्जालमार्फत आज उनले धन्यवाद दिएकी हुन् ।
चर्चित गायिका अन्जुले गाएको गीत सामान्य कलाकारलाई दिइएको भनेर निर्माण समूहको चौतर्फी विरोध भएको थियो । तर अन्जु आफैँले धन्यवाद दिएपछि विवाद केही साम्य हुने बताइएको छ । ओरिजिनल सिंगरको नाम र लिंक समेत भीडीयोमा नराखिएपछि विवाद बढेको थियो । उनले भनिन्, ‘मानिसबाट कहिलेकहिँ जान अन्जानमा भुल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले ।’
नयाँ भर्सनकी गायिका रचना रिमाललाई माया र आशिर्वाद अन्जुले दिएकी छन् । उनले भनिन्, ‘विपिन भाईसँगको बातचितपछि सम्पूर्ण श्रोता दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईको कदम प्रशंसनिय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ ।’
गायिका अन्जुले सामाजिक सन्जालमार्फत धन्यवाद् दिँदै उनले गाएको गीतको लिंक समेत राखेको फोटो सार्वजनिक गरिन् ।