माघ २७, २०७८ बिहिबार

काठमाडौं, २७ माघ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नो सुन्दरताका कारण फिल्मी क्षेत्रमा सधैँ चर्चामा रहन्छिन् ।

यसपटक उनले सामाजिक सञ्जालमा कालो पहिरनमा ललिपप लिएको तस्बिर राखेकी छिन् । तस्बिरमा उनी आकर्षक देखिन्छिन् ।

साम्राज्ञीको तस्बिरमा हलिउडकी ख्यातिप्राप्त नायिका मर्लिन मुनरोको जस्तै पोज छ । उनी मर्लिनकै शैलीमा हाउभाउका साथ देखिएकी छिन् ।