माघ २७, २०७८ बिहिबार

र्‍यापर भिटेन उर्फ समीर घिसिङको युट्युव च्यानल ह्याकरले कब्जामा लिएको छ । युट्युव च्यानल ह्याकरले कब्जामा लिएपछि भिटेन तनावमा रहेका छन् । 


‘भिटेन म्युजिक’ नामक उनको च्यानलबाट ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेपछि ह्याक भएको थाहा भएको हो । १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर भएको उनको यो च्यानल ह्याकरले कब्जामा लिएको हो । ह्याकरले च्यानलको नाम परिवर्तन पनि गरेको छ ।