माघ २८, २०७८ शुक्रबार

मुखको क्यान्सरका लक्षण
मुखको क्यान्सरको कुनै यही नै चिन्ह वा लक्षण हुन्छ भनेर भन्न नसकिए पनि साधारणता निम्न लक्षण देखिन्छन्स्

- मुखमा दाग, धब्बा वा पत्र देखिनु
- स्वाद फरक पाउनु
- घाँटीमा गिर्खाहरु देखा पर्नु
- नदुख्ने वा दुख्ने घाउ, खटिरा देखिनु
- अस्वभाविक रक्तस्राव हुनु
- मसलादार खाना खाँदा पोल्नु
- खान, निल्न, पिउन अप्ठ्यारो हुनु
- घाउ, खटिराको आकार बढ्दै जानु
- र्‍याल बढी आउनु
- खान, निल्न, पिउन अप्ठ्यारो हुनु

कारण
सूर्तीजन्य पदार्थस् यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ

मद्यपानस् रक्सी पिउँदा क्यान्सर हुने सम्भावना १५ गुणा बढी

पोषणको कमीस् आइरन, भिटामिन ए, ई र सीको कमी

मुखको समस्यास् दाँतको समस्या, फोहोर मुख

संक्रमणस् विभिन्न भाइरल, ब्याक्टेरियल र फंगल संक्रमण

सूर्यको प्रकाशस् अल्ट्राभाइलेट विकिरण एक्सरे।

रोकथामका उपाय
मुखमा भएका परिवर्तन, घाउ, खटिरा, दाग सजिलैसँग निदान गर्न सकिन्छ। त्यसैले सजिलै मुखको क्यान्सर रोकथामका लागि निम्न उपायहरु अपनाऔं:

- सूर्तीजन्य पदार्थको सेवन नगर्ने 
- मद्यपान नगर्ने
- संक्रमणको उपचार गर्ने
- दीर्घकालीन चोटपटक, घर्षणबाट मुक्त रहने
- राम्रोसँग मुखको सफाई गर्ने, बेलाबेलामा कुल्ला गर्ने
- दाँतको समस्याको बेलैमा उपचार गर्ने
- सन्तुलित खाना, हरियो सागपात, फलफूल खाने
- अखाद्य तथा रासायनिक पदार्थको संसर्गमा नआउने।

(स्वास्थ्य मन्त्रालय)