काठमाडौं : आजदेखि देशभरका शैक्षिक संस्थामा भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ । कोरोना सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थामा आजदेखि (आइतबार) पठनपाठन हुने भएको हो । विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टरहरू सञ्चालनमा आउने सरकारले जनाएको छ ।