फागुन १, २०७८ आइतबार

कोरोनाको तेस्रो लहरका कारण बन्द भएका सिनेमा हल आजबाट पुन: सञ्चालनमा आएका छन् । हल खुलेसँगै अन्योलमा रहेका सिनेमाहरूको प्रदर्शन मिति धमाधम तोकिन थालिएका छन् ।

आजबाट दुई नेपाली चलचित्र हलमा पुनस् प्रदर्शनमा आएका छन् । प्रदर्शनको क्रममा रोकिएको निकेश खड्का निर्देशित चलचित्र 'चपली हाइट-३' र भीमसेन लामाद्वारा निर्देशित चलचित्र 'कठपुतली' फेरि प्रदर्शनमा आएका हुन् । 

'चपली हाइट-३' मा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायतको कलाकारको मुख्य अभिनय छ भने 'कठपुतली'मा मिथिला शर्मा, उषा रजक, कर्मा, शिल्पा मास्केलगायतका कलाकार केन्द्रीय भूमिकामा छन् ।