फागुन २, २०७८ सोमबार

भ्यालेन्टाइनमा मोडल सनम कठायत र उषा उप्रेती प्रस्तुत भए । रातो पहिरनमा देखिएका उनीहरु निकै चित्ताकर्षक देखिएका छन् । यी दुवै मोडल नेपाली म्यूजिक भिडियोमा संघर्षरत मोडल हुन् । कामको अनुभवलाई हेर्ने हो भने सनम उषाभन्दा केही सिनियर हुन् । सनम एक दशकयता नेपाली म्यूजिक भिडियोमा सक्रिय छन् ।

करिव ६ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका सनमले दर्जनौं पटक राष्ट्रियस्तरका विभिन्न अवार्डहरु जितिसकेका छन् । सुक्ष्म जीवविज्ञानमा स्नातकोत्तर गरेका सनम पेशागत हिसाबले स्वास्थ्यकर्मीसमेत हुन ।

उनले आफु दुःखी, अन्त माया, दोष, किन मरिनँ म, भूपु माया, तिम्रो संसार, पहिलो माया जस्ता दर्जनौं सफल म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । मोडल सनम म्युजिक भिडियो कलाकार संघका कार्यसमिति सदस्य समेत रहेका छन । केही फिल्मको स्क्रिप्ट हेरिरहेका सनम चाँडै नै फिल्ममा देखिँदैनछन् ।

यो जोडीको मेकअप फेसियल हाउसले गरेको हो भने पहिरनको डिजाइन कुसुम बुटिकले गरेको हो ।