फागुन ३, २०७८ मंगलबार

प्रिजोल नेपाली र अस्मिता परियारको स्वर रहेको गीत ‘माया तिमीविना’ सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर सार्वजनिक गीतमा मायाप्रेमको चर्चा गरिएको छ ।

दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज गीतमा छ । गीतको भिडियोमा भने प्रियना आचार्य, पुनम गौतम, राज र डेलविसले अभिनय देख्न सकिन्छ । माइकल चन्दको निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायाङ्कन, शिलन लम्सालको सम्पादन छ । गीतको भिडियो दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका हुन् ।