फागुन ११, २०७८ बुधबार

गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ ।

मंगलबार राति आफ्नै घरमा लामाको निधन भएको कलाकारहरुले बताएका छन् । गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ ।

उनी पहिल्यैदेखि मधुमेह र उच्चरक्तचापबाट ग्रसित थिए । नेपाल लोक स्टारका निर्णायक समेत रहेका लामा लोक तथा दोहोरी गीतका प्रख्यात सर्जकका रुपमा परिचित छन् ।

उनको निधनमा नेपाली सांगितिक क्षेत्रका कलाकार स्तब्ध छन् ।