यो चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी, राजीव न्यौपानेलगायतको मुख्य भूमिका छ ।
करिब एक घन्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो । चलचित्रलाई युवा निर्देशक आशुतोष अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्र हेरेपछि नेत्र दानको महŒव दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिएका छन् ।
यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ । विमल लामाको संगीत रहेको थर्ड आइलाई विभिन्न च्यारिटी सो र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन गरिनेछ । त्यसपछि मात्र व्यावसायिक रूपमा हलमा रिलिज गरिने भएको छ ।
‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ । यो चलचित्रको उद्देश्य भनेकै जीवनपछि आँखा दान गर्न सबैलाई प्रेरित गर्नु हो ।’ यसका निर्माता विनोद मिश्रले बताएका छन् । यो चलचित्रका कार्यकारी निर्माता केडी प्रश्रितले चलचित्र थर्ड आइ’दयगत भने, ‘संसारमा रहेका मानिसमध्ये १० प्रतिशत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वाका केही पनि दृष्टिविहीन हुनुपर्दैन । त्यसैले, नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उद्देश्य हो ।’