फागुन १३, २०७८ शुक्रबार

काठमाडौं, १३ फागुन । पल शाह नायक र पूजा शर्मा नायिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ आजबाट रिलिज हुँदै छ ।

चलचित्रमा पूजा शर्मा र सुदर्शन थापा निर्माता छन् । तर, चलचित्र रिलिज हुँदै गर्दा पल शाह पक्राउ पर्ने बुझिएको छ ।

पल शाहमाथि एक गायिकाले बलात्कारको आरोप लगाएर प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । यसलाई पल शाहले अस्वीकार गरेका छन् । तनहुँ जिल्ला प्रहरी कार्यालयमा ११ फागुनमा दर्ता भएको उजूरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पल शाह प्रहरीको सम्पर्कमा रहेको र उनलाई कुनै पनि बेला अनुसन्धानका लागि पक्राउ गरी हिरासतमा राखिने बुझिएको छ । सम्भवतः उनी आज नै पक्राउ पर्ने बुझिएको छ ।

नायिका पूजा शर्माले चलचित्र सिनेमाघरमा आएको भन्दै एउटा प्रकरणले सिंगो चलचित्रलाई असर गर्न नहुने बताएकी छिन् ।