फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मिति २३ वैशाखबाट सारेर १३ जेठमा पुर्याइएको छ । सरकारले स्थानीय तहको निर्वाचन ३० बैशाखमा तोकेसँगै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति सारेको हो । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म बाँसुरी फिल्मस् र सुष्मा फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारीलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।