फागुन २०, २०७८ शुक्रबार

गायक सुभाष पुरीको नयाँ गीत ‘बजाइदेऊ सार्वजनिक भएको छ । गायक पुरीकै शब्द रहेको गीत गायनमा पुरीलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छिन् ।

बाबुल गिरीको सङ्गीत, एरेन्ज र मिक्सिङ रहेको गीतको भिडियोमा अछामका रमणीय दृश्य समेटिएका छन् । जसमा वैँशालु उमेरका एक जोडीले जानेर नजानेर लगाएको ‘प्रेम कहानी’ कथा बनाइएको छ । चिरञ्जीवी सापकोटा र अञ्जना राउतको अभिनय रहेको भिडियोमा गौरव गिरीले निर्देशन गरेका हुन् । भिडियोमा वसन्त कुँवरको छायाङ्कन, बलभद्र कुँवरको सम्पादन रहेको छ ।