चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागि अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
म्युजिक भिडियो छायाङ्कनका क्रममा आफूसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया बालिकाले जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए ।