फागुन २३, २०७८ सोमबार

अर्घाखाँचीको मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।

खनालका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ। 

शिक्षकले १५ वर्षीया नाबालिका छात्रालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक खनालले बताए।