फागुन २३, २०७८ सोमबार

पल शाह प्रकरणमा विभिन्न युट्युब च्यालनमा पीडित भनिएकी नाबालिका गायिकाबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि विवादित पृष्ठभूमिका हरि परियार उर्फ हरि उदाशी पक्राउ परेका छन्।  प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। उनलाई अदातलबाट म्याद लिने तयारी भइरहेको छ।

उनले यौन हिंसा आरोपमा हाल तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा युट्युब च्यानलमा आपत्तिजनक अभिव्यक्ति दिँदै पीडित भनिएकी गायिकाथमाथि जथाभावी आरोप लगाएका थिए। 

उनी यसअघिदेखि नै विवादित पात्र हुन्। विभिन्न युट्युब च्यानलमा आफूलाई अभियन्ता भन्दै मनपरी अभिव्यक्ति दिएर उनी विवादमा आउने गरेका थिए।