फागुन २४, २०७८ मंगलबार


बलिउड सुपरस्टार सलमान खानको फ्यान फलोइङ ठूलो छ । प्रायः आफ्ना फिल्महरूमा उनले खलनायकलाई कुटपिट गरेको देखिन्छ । तर एक पटक सुपरस्टारलाई उनका फ्यानको रूपमा प्रस्तुत भएका महिलाहरू झुक्याउन सफल भएका थिए । हो, उनलाई ४ जना महिलाले लुटेका थिए ।


सन् २०१५ मा सलमान खानलाई चार सुन्दर महिलाहरूले लुटेका थिए । उनीहरूले आफूहरू सलमानको ठूलो फ्यान भन्दै सलमानको नजिक पुगेका थिए। उनीहरू गएपछि मात्र सलमानले थाहा पाए कि उनको पर्स, सनग्लास र उनको लकेट हराइसकेको थियो। मुम्बईमिरर रिपोर्टअनुसार सुपरस्टार एक रात बान्द्राको एक क्लबमा गएको बेला उक्त घटना भएको हो।


यी चीजहरू गुमाएपछि पनि सलमानले पुलिसमा उजुरी गर्न भने अस्वीकार गरे। तर, पछि अभिनेताले आफ्नो सुरक्षामा २ गार्डबाट बढाएर १४ जना पुर्‍याए । उनकी बहिनी अर्पिता खान शर्माले भने यस्तो घटना भएको अस्वीकार गरेकी छिन् । रिपोर्टमा उनलाई उद्धृत गर्दै भनिएको छ, ‘सलमानलाई लुट्न सजिलो छैन। उनले हालैका दिनमा न त नाइटक्लब गएका छन् न त उनले पर्स बोक्छन्।


तर, त्यसको विपरीत फिल्म निर्मात्री नन्दिता सिङ्गाले घटना साँच्चै भएको दाबी गरेकी छन् । उनले भनिन्, 'हो, सलमान लुटिएका थिए । त्यसैले उनले आफ्नो सुरक्षा दुई जनाबाट १४ जनामा ​​बढाउनुपर्ने थियो ।' यसैबीच, सलमान खान अन्तिम पटक महेश मांजरेकरद्वारा निर्देशित अन्तिमः द फाइनल ट्रुथमा देखिएका थिए। अब उनी टाइगर ३ मा कट्रिना कैफ र इमरान हाश्मीसँग पर्दामा देखिनेछन् । मनीष शर्माले निर्देशन गरेको यो चलचित्र २१ अप्रिल २०२३ मा ईदको अवसरमा ठूलो पर्दामा आउने अपेक्षा गरिएको छ ।