फागुन २४, २०७८ मंगलबार

महेश सिंह/ सिरहा - मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङद्वारा लहानमा १ दिने अन्तरक्रिया सम्पन्न भएको छ । प्राविधिक र उत्पादनमुखी शिक्षामा जोड दिन स्थानीय विद्यार्थी, शिक्षक, विभिन्न राजनीति दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, शिक्षाविद्, बुद्धिजीवी र पत्रकारहरूसँग क्याम्पसका डिनसहितको छलफल भएको हो ।

विश्वविद्यालयका डिन डा.प्रचण्डमान प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्याम्पसका कार्यक्रम संयोजक डा.दिपरञ्जन डंगोल, नरेन्द्र डाय, युवराज चौधरी, हिसानका केन्द्रीय उपाध्यक्ष धरणीधर अधिकारी, विष्णुहरि अधिकारी, प्याब्सनका जिल्ला अध्यक्ष प्रदीप तिवारी, नयाँ पत्रिका दैनिकका लहान सम्वाददाता मोनीलाल विश्वकर्मालगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियोे।

स्व. मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नम्बर १ स्थित प्रदेश सरकारले राज्य सभाबाट स्वायत कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको गणेश लम्सालले जानकारी दिए ।