काठमाडौं, ३० फागुन । प्रकाश सपूतले माओवादी द्वन्द्वपछिको विषयलाई लिएर बनाएको म्युजिक भिडियोबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै विरोध गर्नु नपर्ने टिप्पणी गरेका छन् । धनगढी विमानस्थलमा पत्रकारको प्रश्नमा उनले आफूले भिडियो कार्य व्यस्तताले पूरै हेर्न नपाएको र आवेगमा आउनु नपर्ने समेत बताए ।
उक्त म्युजिक भिडियो युट्युबमा ट्रेन्डिङमा छ । भिडियोले माओवादी द्वन्द्वपछि लडाकुहरूको पीडादायक जीवन उल्लेख गरेको छ ।