काठमाडौं, ३० फागुन । नयाँ शैक्षिक सत्र २०७९ जेठदेखि थाल्ने सरकारले निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ ।
कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले वैशाखमै नयाँ भर्नाको योजना बनाएका छन् ।