चैत ४, २०७८ शुक्रबार

 शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय गरेको छ। आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन गरी यस्तो निर्णय गरिएको जनाएको छ।

आयोगका अनुसार मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय यही चैत २ गतेदेखि लागु भइसकेको छ।  आयोगले निकालेको सूचना अनुसार एक घण्टाको परीक्षा हुने छ।

वस्तुगत परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिने छ। आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गरेको थियो।