चैत ६, २०७८ आइतबार

काठमाण्डौं । गायक किरण विसी र गायिका सुनिता बुढा को स्वरमा रहेको ‘चमेली‘गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमील जोडि विचको मनोभावलाई गीतमा चित्रण गरिएको छ ।अमेरिकामा रहेर पनी नेपाली मौलिक सिर्जनालाई बजारमा ल्याउनको लागी सहयोग गर्ने मनिष रोक्काले गीतलाई बजारमा ल्याएका छन । 

चित्र विमली र रेवत पौडेलको शब्द तथा किरण विसी संगीतमा रहेको गीतमा प्रेमका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । राम केसीको छायाँकन तथा अमृत चापागाईँको  सम्पादन र निरेन श्रेष्ठ निर्देशन  भिडियोमा रहेको छ । ‘चमेली‘ गीतको भिडियोमा लोमश शर्मा र दिव्या न्यौपानेको फिचरिङ रहेको छ । 

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।