अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।
मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमाआयोजित कार्यक्रममा अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन् । अभिनेत्री मानन्धरलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
करिश्मासँगै समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गरेका छन् । करिश्माले दुई वर्षअघि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी परित्याग गरेकी थिइन् । त्यसपछि उनी राजनीतिबाट निराश भएको भन्दै कुनै पार्टीमा आबद्ध थिइनन् ।