गायक धीरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ आएको २५ वर्ष भएको छ । यही अवसर पारेर राईले गीतको नयाँ भिडियो सार्वजनिक गरेका छन् । धीरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा देख्न सकिन्छ । उनलाई अभिनजयमा राज र डेलविसले साथ दिएका छन् । भिडियोका निर्देशन माइकल चन्दले गरेका हुन् ।
दर्शक श्रोताको चाहनाअनुसार गीतको भिडियो बनाइएको गायक धिरजले बताए । भिडियोमा उत्सव दाहालको छायाङ्कन, शिलन लम्सालको सम्पादन छ ।