भारतीय गृह मन्त्रालयबाट वाई श्रेणीको सुरक्षा पाएका ‘द कश्मिर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीमाथि कार्यालयमै आक्रमणको प्रयास भएको छ।
फिल्म रिलिज भएसँगै चौतर्फी आक्रमणको धम्की आएको थियो।
बलिउड हंगामाका अनुसार अग्निहोत्री कार्यालयमा नभएको मौकामा दुई अज्ञात युवा आएर आफूहरूलाई खोज्दै कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए।
‘बारम्बार धम्की आइरहेको छ। यसैबीच म र मेरी पत्नी कार्यालयमा नभएको मौकामा दुई अज्ञात युवा कार्यालयमा आएका थिए।
त्यतिबेला एक जना मेनेजर र अर्की महिला कर्मचारी थिए। ती दुई युवाले ढोकामा धक्का दिँदै। कर्मचारीमाथि दुर्व्यवहारसमेत गरे।
कार्यालयकी कर्मचारी भुइँमा लडिन्। उनीहरूलाई मलाई खोज्दै थिए। तर म त्यहाँ नभएकाले बचेँ,’ उनले बलिउड हंगामासँग भनेका छन्।