चैत ११, २०७८ शुक्रबार

काठमाडौं, ११ चैत । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको लापरबाहीले ७ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि उनीहरू १ वर्ष खेर जाने भएको छ ।

विद्यार्थीहरू सची ताम्राकार, तेजबहादुर खत्री, अर्विन्दकुमार यादव, रामविनोद घिमिरे, रिसव आचार्य, सागर घिमिरे र शैलेन्द्र कुमारले इन्जिनियरिङ अध्ययन संस्थान (आइओएम)को नियमअनुसार यस वर्ष परीक्षा दिन नपाउने भएका हुन् ।

विद्यार्थीहरूले भरेको फाराम सर्बरको कारणले बिग्रिएको भन्दै कलेजले गैरजिम्मेवार जवाफ दिएको अनेरास्ववियू क्रान्तिकारीका सचिव समीर तिवारीको आरोप छ ।

परिक्षा दिन नपाएपछि विद्यार्थीहरू आन्दोलित भएका छन् । यद्दपी क्याम्पस प्रमुख ओमप्रकाश ढकालले समस्या समाधान गर्न डिन कार्यालयमा पहल भइरहेको बताए ।