चैत १६, २०७८ बुधबार

लहान, चैत १६ - मधेस प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउन मधेस प्रदेश सरकारले प्राविधिक शिक्षा क्षेत्रको विकासमा जोड दिइरहेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् ।

लर्ड बुद्ध युनिक एकेडमी लहान - ७ को नव भवनकाे समुद्घाटन गर्न आज सिरहाकाे लहान आएका मुख्यमन्त्री राउतले प्रविधिक शिक्षामा जोड दिन प्रदेश सरकारले प्रदेश शिक्षा बोर्ड गठन गरेर आगाडि बढिसकेको उल्लेख गरे ।

दलित, मुस्लिम,अल्पसंख्यक ,सीमान्तकृत वर्गका बालबालिका अध्यन गर्ने गरि विश्वविद्यालय सञ्चालन गरिएको छ भन्दै अर्को प्रसङ्गमा उनले भने, 'नेपालमा महिलालाई ५० प्रतिशत आरक्षणको गयारेन्टी गर्ने  मुलुकमा पहिलो मधेस प्रदेश सरकार रहेको दाबी गरे। आउने केही वर्षभित्र हरेक सरकारी कार्यालयहरूमा महिलाको ५० प्रतिशत सहभागिता रहने छ ।