भदौ ३१ मा ३ फिल्मको रिलिज मिति घोषणा भएको छ । अहिलेसम्म यस मितिमा ‘बाबरी’, ‘लाखे’ र ‘झिँगे दाउ’ले प्रदर्शन मिति घोषणा गरेका छन् । ‘बाबरी’ र ‘लाखे’ले केही पहिले यो मिति प्रदर्शन मितिका रूपमा सार्वजनिक गरेका थिए, भने ‘झिँगे दाउ’ले भर्खर रिलिज घोषणा गरेको हो ।
‘बाबरी’ धिरज मगर र अदीति बुढाथोकीको मुख्य भूमिका रहेको फिल्म हो । फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहेको छ ।
त्यस्तै ‘लाखे’ मल्टिस्टारर फिल्म हो । सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी आदि कलाकारको अभिनय रहेको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।
यस्तै ज्ञानेन्द्र देउजा निर्देशित ‘झिँगेदाऊ’ मा आँचल शर्मा र केकी अधिकारीको मुख्य भूमिका छ ।