चैत १६, २०७८ बुधबार

बलिउड अभिनेता आमिर खानले ‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा बोल्दै फिल्मबाट सन्न्यास लिने निर्णय गरेको बताएका छन्।

उनले परिवारलाई समय दिन नपाएको भन्दै फिल्ममा काम नगर्ने र फिल्म निर्माणसमेत नगर्ने निर्णय लिएको खुलासा गरेका हुन्।

उनले आउँदो समयमा फिल्मसँग जोडिएको गतिविधिसमेत आफूले नगर्ने बताएका थिए। उनले फिल्म छाड्ने निर्णय लिएपछि छोरी इरा खानसँग काम गरिरहेका छन्। 

आमिर र उनकी पत्नी किरण रावले गत असारमा सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। किरण आमिरकी दोस्रो श्रीमती हुन् र उनीहरूका एक छोरा छन्। आमिरकी पूर्वपत्नी रिनाका तर्फबाट पनि छोरी इरा छिन्।

किरण र आमिरले आफूहरू श्रीमानश्रीमतीका रूपमा अलग भए पनि सँगै काम गरिरहने र साथी रहिरहने बताएका थिए।