अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेको कार्यक्रममा बोल्दै आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताएकी थिइन्।
गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्त्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है। सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्नेछ। लालसलाम।’
उनको यो अभिव्यक्तिको सबैतिर चर्चा भयो। धेरैले उनको यो भनाइको मजाकसमेत उडाए। केही समय त नेपाली ट्रोलहरू पनि करिश्मामय नै भए भन्दा फरक नपर्ला।
आज सामाजिक सञ्जाल फेसबुकमा करिश्माले आफूविरुद्ध गरिएका व्यङ्ग्यबारे लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो। राम्रो हो।’
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो समय निष्क्रिय रहेकी थिइन्। उनी केही समयको ग्यापपछि पुन: राजनीतिक यात्रा सुरु नेकपा एमालेबाट सुरू गरेकी हुन्।