चैत १८, २०७८ शुक्रबार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका -८ फुलेली स्थित निर्माणाधीन नहरमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ । महाकाली सिंचाई परियोजना फुलेली खण्डअन्तर्गतको नहरबाट निस्केको पानीमा डुवेर नन्दन धामीका छोरा रमित धामीको शुक्रवार मृत्यु भएको हो ।

साथीभाइसँगै पौडी खेल्न गएका उनको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । धामी धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा कक्षा ७ मा अध्ययनरत थिए ।