चैत १९, २०७८ शनिबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकालाई शुक्रवार साक्षर नगर घोषणा गरिएको छ। 

साक्षर नगर घोषणा कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगपालिकाका नगर प्रमुख दिलबहादुर ऐरले सबैको साथ र सहयोगबाट शुक्लाफाँटा कञ्चनपुरकै दोश्रो साक्षर नगरपालिका घोषित हुन सफल भएको बताए ।

 साक्षर नगर घोषणा कार्यक्रममा बोल्दै शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले नगरका ९५.५४ प्रतिशत जनता पूर्ण साक्षर भएको बताए । बाँकीलाई पनि पहिचान गरी साक्षर बनाइने उनले बताए ।

नगरपालिकालाई साक्षर घोषणका लागि आवश्यक सबै सूचकांक पूरा भएपछि साक्षर नगर घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले जानकारी दिए । यसअघि जिल्लाको वेदकोट नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिका साक्षर घोषणा भइसकेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।