पृथ्वीनारायण शाहका बारेमा अभिनेता रमित ढुङ्गानाले चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’का विषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।
‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न स्थानको अवलोकन गरेका छन् ।