चैत २१, २०७८ सोमबार

काठमाडौँ । लोकदोहोरी क्षेत्रमा क्रियाशील कलाकारहरूले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । गीतकार मानबहादुर खड्का 'काका' को लय तथा शब्द रहेको लोकदोहोरी गीत 'कालीको जोवन ढल्कीजाला' को म्युजिक भिडियो युट्युवमा सार्वजनिक भएको हो ।

युट्युवमा ९ मिनेट ३३ सेकेन्डको रहेको उक्त गीतलाई फाष्ट क्रिएसनले आइतबार बजारमा ल्याएको हो ।

रामकृष्ण थापाको सङ्गीत रहेको उक्त गीतलाई थापा आफैँले अरेन्ज पनि गरेका छन् । 

'कालीको जोवन ढल्कीजाला' मा स्मृति गौतम र शङ्कर घिमिरेले सुमधुर आवाज दिएका छन् भने गायक घिमिरेले प्रनिता केसीसँग अभिनय गरेका छन् ।

यस गीतलाई दीपक गिरीले छायाङ्कन गरेका हुन् ।

भिडियो लिङ्क यहाँ छ: