नेपालमार्ग, काठमाडौँ । सर्जक बादल घिमेरेको 'बाँचे भेटुम्ला' लाई छिट्टै सार्वजनिक गर्ने तयारी थालिएको छ । यस गीतको म्युजिक भिडियोलाई सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।
गीतमा नेपालकी चर्चित मोडेल अञ्जलि अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारले आफ्नो सुमधुर स्वर दिएकी छिन् । गीतमा परियारलाई शनि विश्वकर्माले साथ दिएका छन् । अधिकारीसँगै बादल घिमिरे र सागर भण्डारीले पनि अभिनय गरेका छन् । यस गीतको लय तथा शब्द पनि बादल घिमिरेकै रहेको छ भने कृष्ण विकले सङ्गीत भरेर गीतलाई झनै सुन्दर बनाएका छन् ।
प्रकाश खड्काले छायाङ्कन गरेको म्युजिक भिडियोमा विक्रम चौहानको कथा रहेको छ । गीतमा दर्शकको हृदयमा स्पर्श गर्ने कथावस्तु समेटिएको टिमले अपेक्षा लिएको छ ।