काठमाडौँ, २३ चैत्र । नेपाल प्रहरीमा सयौँको सङ्ख्यामा इन्स्पेक्टरहरूको सरुवा निकालिने भएको छ । सरुवाका लागि इन्स्पेक्टरहरूको अन्तिम दौडधूप चलिरहेको बुझिएको छ ।
नवलपसारीबाट पाल्पाको रानीमहल प्रहरी भवन उद्घाटन गरेर आइजीपी शैलेश थापा क्षेत्री अपराह्न काठमाडौँ आइपुगेका छन् । उनले सरुवाको टिपनमा हस्ताक्षर गरेपछि आज साँझ या भोलि साँझ सरुवाको निर्णय सार्वजनिक हुने बुझिएको छ ।
निर्वाचन आचारसंहिता लागू हुनुपूर्व इन्स्पेक्टरको सरुवा हुने भएपछि आकर्षक ठाउँमा पुग्न अपराह्नसम्म दौडधुप चलिरहेको छ । धेरैजसो इन्स्पेक्टरहरू आकर्षक ठाउँमा इन्चार्ज बन्न प्रयासरत छन् । इन्चार्ज भइसकेकाहरू नयाँ मालदार ठाउँमा पुग्न प्रयास गरिरहेको बुझिएको छ ।