डडेल्धुरा : नेपाल शिक्षक संघ डडेल्धुराको जिल्ला प्रतिनिधी सभा सम्पन्न भएको छ । संघको २१औं २२औं संयुक्त प्रतिनिधी सभाको नेपाली कांग्रेस डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा एक समारोहकाबीच उद्घाटन गर्दै नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य, संबिधान सभा सदस्य समाजवादी नेता मनमोहन भट्टराईले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको प्रति चिन्ता ब्यक्त गरे ।
विपन्न र मध्यम बर्गीय नेपालीहरुले आफ्ना बालबालिकाहरु सामुदायीक विद्यालयमा पढाईरहेको बताउनु हुँदै उँहाले अधिकांस नेपाली बालबालिकाहरुले अध्ययन गर्ने सामुदायीक विद्यालयमा निजी विद्यालयको तुलनामा शैक्षिक गुणस्तर कमजोर हुनु दुःखद भएको जिकिर गरे । नेता भट्टराईले सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्न कार्यरत सबै शिक्षकहरुले इमान्दारिताका साथ प्रयत्नसिल हुनुपर्ने औल्याँए। कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सांसद कर्णबहादुर मल्लले समाजमा व्याप्त अज्ञानता, अशिक्षा र अन्धविश्वासको जरो उखेल्न नेपाल शिक्षक संघ सम्वद्ध शिक्षकहरुले सदैव प्रयत्नसिल हुनुपर्ने बताए ।
जातीय विभेद, लैगिंक विभेद, घरेलु हिंसा, बलात्कार र निर्मम हत्या जस्ता जघन्य अपराधहरु समाजमा दिनहु बढ्दै गएको बताउदै सांसद मल्लले सामाजिक विकृतिका साथै अपराधिक कृयाकलापहरु न्युनीकरणका लागि शिक्षकहरुले अतुलनीय योगदान पुर्याउने बेला आईसकेको दाबी गरे । डडेल्धुरा जिल्लाका सातओटै स्थानीय तहमा प्रतिनिधी सभा सम्पन्न गरिसकेको नेपाल शिक्षक संघ डडेल्धुराले गतबर्ष कोरोना महामारीकासाथै अन्य आन्तरिक कारणले जिल्ला प्रतिनिधी सभा सम्पन्न गर्न नसकेकाले २१औं र २२औं जिल्ला प्रतिनिधी सभा सम्पन्न गरेको जनाएको छ ।
नेपाल शिक्षक संघ डडेल्धुराले जिल्लाभरिका प्रजातन्त्रमा आस्थावान शिक्षकहरुलाई गोलवद्ध गरेर शिक्षकहरुको हक हित संरक्षण सम्र्वद्धनका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि लोकतान्त्रिक व्यवहारलाई जीवन पद्धतीका रुपमा आत्मसात गरिरहेको शिक्षक नेता अशोक बमले बताए। नेपाल शिक्षक संघ डडेल्धुराका सभापति कर्ण मडैको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।