चैत २७, २०७८ आइतबार

गायक निमा शेर्पाको स्वर रहेको गीत ‘रेशमैको डोरी’ सार्वजनिक भएको छ । सिएल शर्माका शब्द तथा संगीत रहेको गीतमा प्रेमकथा व्यक्त गरिएको छ । भिडियोमा टिकटकबाट चर्चा आएकी मोडल उषा उप्रेती र  बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोले एक प्रेमिल जोडीले हाँसी खुशी एकसाथ जिन्दगी बिताउन विश्वास लिएको कुरा देखाइएको छ ।

भिडियोको निर्देशन विक्रम चौहानले गरेका हुन् । साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोको छायाङ्कन प्रकाश खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको छ ।