नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणका लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरू ताज जित्ने होडमा छन् । उर्लाबारीको होटल ग्रान्डको प्राङ्गणमा चैत्र २८ गते सोमबार साँझ कार्यक्रम आयोजना हुँदै छ ।
२० दिन विभिन्न क्षेत्रका विज्ञहरूबाट इपिएस, व्यक्तित्व विकास, फेशन, र्याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास सम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरूबाट तेस्रो मिस उर्लाबारी २०२२,फर्स्ट रनर अप, सेकेन्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी,मिस डिसिप्लिन, मिस बेस्ट वाक, मिस फ्रेन्डशिप, मिस एथलेट, मिस पब्लिक चोइस, मिस फोटोजेनिक लगायतका सब टाइटल अवार्डहरू रहेका छन्। विजेताले ५० हजार नगद, फर्स्ट रनर अपले ३० हजार नगद र सेकेन्ड रनर अपले २० हजार नगदसँगै विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ।
मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विधा दाहाल, दिया दाहाल,शाकिरा कार्की, सुष्मिता खत्री,निहारिका भट्टराई, आस्था भट्टराई,अभिशा रिमाल, अंकिता कटवाल,ज्वाला लिम्बु, मनिषा थापा,सोफिया लिम्बु, अंकिता बरुवाल,नेलीना कट्टेल, चंचल शाह,निशा धिमाल लगायतका प्रतिस्पर्धीहरू छन्। यसअघि २०१३ मा नेमिता आङ्गबुहाङ्ग र २०१८मा रुशाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन्।