दक्षिण भारतीय चलचित्रले बक्स अफिस कलेक्सनमा पनि ठूल्ठूला कीर्तिमान बनाइरहेका छन्।
'पुष्पा' र 'आरआरआर'पछि 'केजीएफ च्याप्टर२' ले पनि रिलिजअघि नै विभिन्न रेकर्ड तोडेको छ।
यस चलचित्रको ट्रेलर सार्वजनिक भएदेखि नै यसले चर्चा बटुल्दै आएको छ। यही शुक्रबार रिलिज हुन लागेको 'केजीएफ च्याप्टर-२'ले प्रि-बुकिङमा एसएस राजमौलीको 'आरआरआर'लाई समेत पछाडि छाडेको छ।
अप्रिल १४ बाट विश्वव्यापी रुपमा रिलिज हुन लागेको 'केजीएफ च्याप्टर-२' ले बक्स अफिसमा सुनामी ल्याउने चलचित्र पण्डितहरूले अनुमान गरिएका छन् । अहिलेदेखि नै आक्रामक रुपमा टिकट बुकिङ भइरहेकाले यसले थुप्रै कीर्तिमान राख्ने अपेक्षा गरिएको छ।
यस चलचित्रले रिलिज अघि नै २५ करोडभन्दा बढीको प्रि-बुकिङ गरिसकेको छ। जुन 'आरआरआर'को भन्दा धेरै हो।
'आरआरआर'ले जम्मा पाँच करोड भारुको मात्रै प्रि-बुकिङ गरेको थियो। प्रि-बुकिङमा 'केजीएफ च्याप्टर-२' ले 'आरआरआर'लाई पाँच गुणाले उछिनेको छ। त्यसले बक्स अफिस कलेक्सनमा पनि 'आरआरआर'माथि 'केजीएफ-२' हाबी हुने चलचित्र पण्डितहरूको दाबी छ। अन्नपूर्ण पोस्टमा खबर छ ।