चैत ३०, २०७८ बुधबार

नेपालमार्ग, काठमाडौँ । सर्जक बादल घिमेरेको गीत 'बाँचे भेटुम्ला' सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोलाई युट्युवमा सार्वजनिक गरिएको हो ।

गीतमा नेपालकी चर्चित मोडेल अञ्जलि अधिकारीको अभिनय रहेको छ भने शान्तिश्री परियारले आफ्नो सुमधुर स्वर दिएकी छिन् । गीतमा परियारलाई शनि विश्वकर्माले साथ दिएका छन् । अधिकारीसँगै बादल घिमिरे र सागर भण्डारीले पनि अभिनय गरेका छन् । यस गीतको लय तथा शब्द पनि बादल घिमिरेकै रहेको छ भने कृष्ण विकले सङ्गित भरेर गीतलाई झनै सुन्दर बनाएका छन् ।

प्रकाश खड्काले छायाङ्कन गरेको म्युजिक भिडियोमा विक्रम चौहानको कथा रहेको छ ।

यो समाचार तयार पार्दासम्म युट्यसवमा ४२ हजार पटक उक्त भिडयो हेरिएको छ ।