बैशाख २, २०७९ शुक्रबार

 ईश्वर मानन्धरको कथामा आधारित फिल्म 'कैदीको पत्र'को पोस्टर सार्वजनिक भएको छ। सनम कुमार वैरागको निर्देशनमा बनेको फिल्मको पोस्टर नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको हो। 

फिल्ममा सलिना थापा मगर, कुनाल विश्व र मेडिसन लजारुस मुख्य भूमिकामा देखिएका छन्। सँगै पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुष्मिता थापालगायत कलाकारको अभिनय रहेको छ।

हिरालाल जोशी, नानी हेरा, कैलाश विश्वकर्मा र दिल घलेको लगानीमा बनेको फिल्मको कथा, पटकथा एवम संवाद निर्देशक वैरागले नै लेखेका हुन्। बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकार रामेश्वर कार्की हुन् जसलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

विरञ्जना इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति केही दिनमा सार्वजनिक हुने निर्माण टोलीले जनाएको छ।