बैशाख ४, २०७९ आइतबार

काडमाडाैँ । पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिका गायिकाले थुनछेकपछि अदालतले गराइरहेकाे बकपत्रका क्रममा आफ्नो बयान फेरेकी छिन् ।

जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिकाले बयान फेरेकाे स्राेतले बताएकाे छ ।

नाबालिगले आफूलाई शाहबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बकपत्र गरेकी छन् ।

पलविरुद्ध नाबालिगले तनहुँ र नवलपुर अदालतमा बलात्कारकाे मुद्दा दायर गरेकी थिइन् । दुवै अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे ।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।