चैत १०, २०७७ मंगलबार

 दाङमा बिहान स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा तुलसीपुरमा रहेको  ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा तुलसीपुर १६ क‍ी १९ वर्षीया सम्झना केसीको ज्यान गएको हो  । 

दुर्घटनामा २३ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको  छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि  बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।