जसरी
समुन्द्र आफ्नै छातीमा समाधिस्थ हुन्छ
जसरी
साँझपख जुनको आँखाले आँसु रुन्छ
जसरी
नदीले चिरेर लान्छ आफ्नै अस्तित्वको केही भाग
जसरी
आफ्नै हत्केलाबाट फुत्केर गएका पलहरूको स्मृतिमा टोलाउँछ मान्छे
जसरी
हिमपातको मौसममा वृद्ध रुख रुन्छ, झरेका पातहरू सम्झेर
जसरी
जिन्दगी रुन्छ
कहिलेकाहीँ जिन्दगी सम्झेर
त्यसरी नै
कहिलेकाहीँ पुतली झुसिलकिरा सम्झेर रुन्छ !
कवि मौन आवाजको कविता 'कहिलेकाहीँ पुतली झुसिलकिरा सम्झेर रुन्छ'