काठमाडौँ, ८ वैशाख । नेपाली चलचित्र क्षेत्रकी नायिका केकी अधिकारी आज विवाह गर्दै छिन् । उनले आज सीमित परिवारका सदस्यहरूबीच विवाह गर्न लागेकी हुन् ।
केकीको हिजो मेहन्दी भएको छ । उनले मेहन्दीमा नजिकका साथी र आफन्तलाई डाकेको बुझिएको छ ।
केकीले विवाह गर्न लागेको विषय गोप्य राखेकी थिइन् । तर, उनका नजिकका साथीहरूबाट यसको खुलासा भएको हो ।