बैशाख १६, २०७९ शुक्रबार

काठमाडौं । नेपाली कांग्रेस पार्टीसँग आवद्ध नेपाल सांस्कृतिक संघले आज चुनावी गीत तथा श्रव्य-दृश्यमूलक प्रचारप्रसार सामग्री सार्वजनिक गर्ने जनाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा दिनको ३ बजे संघद्वारा निर्माण गरिएका प्रचारप्रसार सामग्री सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेको उपस्थिति रहने महामन्त्री शिवशंकरप्रसाद रिजालले जानकारी दिए ।